ad ad

राजनीति


बीआरआई सम्मेलनमा कांग्रेसका दुई नेता सहभागी

बीआरआई सम्मेलनमा कांग्रेसका दुई नेता सहभागी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ७:३८, काठमाडौँ

चीनले आयोजना गरेको तेस्रो बेल्ट एन्ड रोड इनसियटिभ (बीआरआई) फोरममा नेपाली कांग्रेसका दुई नेताले सहभागिता जनाएका छन्।

कांग्रेसको तर्फबाट फोरममा पूर्व उपप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख सुजाता कोइराला र पूर्व प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले बीआरआई सम्मेलनमा सहभागिता जनाएका हुन्।

कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डाक्टर युवराज संग्रौला सहभागि थिए। 

नेपाल सरकारको तर्फबाट प्रतिनिधि मण्डडलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सम्मेलनमा सहभागि थिए। 

उनी सत्तारुढ माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .