दसैँ, तिहारसहितका पर्वहरुको अवसरमा नेकपा एमालेले यहि कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ।
बडादशैं, तिहार र छठ लगायतपर्वका अवसरमा कात्तिक १४ गते पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा चियापान कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापान कार्यक्रम आयोजना गर्न लागिएको हो।
चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेतालाई निमन्त्रणा गर्ने तयारी एमालेले गरेको छ।
सत्तारुढ नेपाली कांग्रेसले भने कोजागत पूर्णिमाको दिन यही कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम गर्दैछ।
45
Shares
प्रतिक्रिया