चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै सर्लाहीको हरिवनमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ।
हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीको नेतृत्वमा हरिवन १ कैलाशपुरीस्थित मानवसेवा आश्रम र हरिवन ५ घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृहमा श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलनसहित प्रारर्थना गरिएको हो।
त्यसक्रममा मानव सेवा आश्रम र बालगृहका आश्रितहरुलाई भोजनकोसमेत व्यवस्था गरिएको हरिवन नगरपालिकाका मेयर बुढाथोकीले जानकारी दिए।
कार्यक्रममा मेयर बुढाथोकी, हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रेमराज दाहाल, सिविनका कार्यक्रम निर्देशक कुमार भट्टराई, माओवादी केन्द्रका स्थानीय नेताहरु हरि निरौला, कृष्ण श्रेष्ठ, शर्मिला लुंगेली लगायतले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन्।
अवस्था सामान्य बन्दै गएपछि उनलाई गएरातिदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
Shares
प्रतिक्रिया