ad ad

राजनीति


धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

राजेन्द्रकुमार शर्मा (फाइल फोटो)


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १९:२२, काठमाडौँ

११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँदलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन्।

शनिवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए। सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनीहरुको आरोप छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँदली भएको स्पष्ट हुने बताए। उनले धाँदली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए। उनले आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए।

उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँदली गरेर जितेको स्पष्ट हुन्छ। आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ। धाँदली नभएको भए रातारात शपथ खानुपर्ने थिएन। उहाँहरु सच्चा हुनुुहुँदो रहेनछ। गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ। सबल हुनुपर्छ।’

अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए। उनले सिमित समूहले केही पनि गर्न नसक्ने भन्दै उहाँले गैर आवासीय संघ झनै नराम्रो भएको बताए।

उनले भने, ‘उहाँहरुले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो। यो सामाजिक संस्थामा सबैलाई समेट्न्ुपर्छ। त्यो प्रयत्न उहाँहरले गर्नुपर्दथ्यो। सिमित समूहले के गर्न खोज्नुभएको हो? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ? यसले नराम्रो असर पर्छ। यसैपनि अविश्वास थियो। अहिले झनै नराम्रो भएको छ।’

अध्यक्षका प्रत्यासी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने बताए।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले गरे पदबहाली

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .