संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे। आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन्।
महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।
24
Shares
प्रतिक्रिया