ad ad

राजनीति


गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १६:३२, काठमाडौँ

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने बताएका छन्। 

पूर्व सभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई निश्र्कषमा पु¥याउन सहजीकरण हुने बताएका हुन्। 

महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्दै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गरे। 

‘यो बेलामा संयुक्त राष्ट्रसंघको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो। यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ। त्यस्तो बेलामा उहाँ आउनुभएको छ। यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्व दिनुभएको छ,’ सापकोटाले भने, ‘जलवायु परिवर्तनको क्षेत्रमा जे–जति घटनाहरू घटिरहेका छन्। जे जति असर र प्रभावहरू देखिरहेका छन्। यसलाई न्यूनीकरण गर्न उहाँको भ्रमण धेरै महत्वपूर्ण हुनेछ। उहाँ सगरमाथाको आधारशिविरमा जाँदै हुनुहुन्छ। उहाँको स्थलगत भ्रमणले संसारका जनतालाई, संसारलाई जानकारी दिनका लागि धेरै महत्वपूर्ण भुमिका खेल्छ।’

पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू पीडितको समेत सहमतिमा निष्कर्षमा पु¥याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भुमिका खेल्ने बताए। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाई छ।

‘शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनका लागि पनि उहाँको भ्रमण निकै महत्वपूर्ण हुन्छ। उहाँले संसदका दुवै सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ। त्यहाँ सिंगो राष्ट्र केन्द्रित हुन्छ। एकै साथ उहाँले गर्ने सम्बोधन सबैले आत्मसाथ गर्ने कुरा हुन्छ,’ उनले भने, ‘मलाई लाग्छ, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्न सक्नुहुन्छ। पहिला पनि संयुक्त राष्ट्रसंघको भुमिका महत्त्वपूर्ण भएकै थियो। सेना समायोजन र शान्ति प्रक्रियापछि भएका चुनावहरुका कारण शान्ति प्रक्रिया एक प्रकारले अनुमोदन भइसकेको छ भनेपनि हुन्छ। अब केही बाँकी छ निष्कर्षमा पुग्नका लागि। पीडितहरुको समेत सहमतीमा त्यसलाई निष्कर्षमा पु¥याउनुपर्छ।’

शान्ति प्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उनले बता।

महासचिव गुटेरेस सगरमाथाको आधारशिविरसम्म पुग्ने भएकाले उनको स्थलगत भ्रमणले नेपालमा जलवायु परिवर्तनका प्रभावहरू न्युनीकरण गर्न ध्यान केन्द्रित हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .