ad ad

राजनीति


राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा पेस हुने

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा पेस हुने

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १४:२६, काठमाडौँ

विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो।

बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताए।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो। छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताए। उनले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेस हुने बताए।

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .