ad ad

राजनीति


रिगलबारे सर्वोच्चको आदेशपछि रविले भने : राष्ट्रपतिको राजीनामा माग्दैनौँ, दिए राम्रै हुन्छ

रिगलबारे सर्वोच्चको आदेशपछि रविले भने : राष्ट्रपतिको राजीनामा माग्दैनौँ, दिए राम्रै हुन्छ

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १९:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्।

उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। उनले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने बताए।

उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ। सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ। महशुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ।’

उनले राजीनामा चोक चोकमा मागेर हिँड्ने कुरा नभएको भन्दै राजीनामा दिए राम्रै हुने बताए।

‘राजीनामा धेरै परको कुराकानी भयो। राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन। नैतिक रुपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो। हामीले पनि उठाउँदै आएको कुरा थियो’ उनले भने, ‘त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भनेपनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ। दिए त हुन्थ्यो नि। हामीबाट गल्ती भएको रहेछ। आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ। विधिको शासन भन्नेकुरा पनि केही हो भन्ने महशुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .