ad ad

राजनीति


ओलीले भने : एक पटक फ्याँकिसकेको राजतन्त्र फर्किँदैन, अब २०६५ आउँदैन

ओलीले भने : एक पटक फ्याँकिसकेको राजतन्त्र फर्किँदैन, अब २०६५ आउँदैन

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १७:९, पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पटक फ्याँकिसकेको राजतन्त्र अब नफर्किने बताएका छन्।

मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा सन्देश सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

ओलीले अहिले प्रतिगामी शक्ति छटपटाउन थालेको देखिएको पनि बताए। 

‘म भन्न चाहन्छु-राजतन्त्रको सबैभन्दा निरंकुशकालमा संघर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन्’, उनले भने, ‘२०६५ साल फेरि आउँछ र? त्यो सम्भव छैन। २०६५ साल अब फर्कन्न।’

उनले सम्बोधनका क्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि प्रहार गरे।

क्रान्तिका नाममा प्रचण्डले हिंसा फैल्याएको भन्दै उनीबारे केही भन्नै नपर्ने टिप्पणी गरे। अहिले प्रचण्डका छोरी, ज्वाइँ र नातिनातिना फस्टाएको बताउँदै ओलीले घाइते र सहिद परिवारको विचल्ली भएको बताए। 

‘क्रान्तिका नममा हिंसा फैलाउनेको मैले भन्न पर्दैन’, उनले भने, ‘छोरी, ज्वाइँ, नातिनातिना फलेका फुलेका छन्। जनता, घाइते, सहिद र सहिदका परिवारलाई हेरिएको छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .