ad ad

राजनीति


एमालेको अभियान रोक्न उत्रिएका चारजना भोजपुरबाट समातिए

एमालेको अभियान रोक्न उत्रिएका चारजना भोजपुरबाट समातिए

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १४:१८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्न खोज्ने चारजनालाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पहिचावादीहरूको भोजपुर सयुक्त संघर्ष समिति संयोजक विदुर राई, जसपा नेपालका प्रदेश सदस्य मीना राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य पनन राई र जसपा नेपालका जिल्ला सदस्य दिनेश राई छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार एमालेको अभियानलाई प्रभावित पार्ने गरी सडकमा अवरोध र बन्द गराउँदै हिँडेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली मंगलबारदेखि कोशी प्रदेश प्रवेश गरेको छ। अहिले उक्त टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुर पुगेको छ। जहाँ एमालेले कोशीको पहिलो सभा राखेको छ। 

प्रहरीले एमाले कार्यक्रममा अवरोध हुन सक्ने भन्दै कोशीका मध्यपहाडी जिल्लामा सुरक्षा कडा बनाएको छ। यसअघि सडक अवरोध गर्दै हिँडेपछि प्रहरीले खोटाङबाट गोपाल किरातीसहितका नेताहरूलाई पक्राउ गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .