ad ad

राजनीति


पहिचानवादीलाई ओलीले भने : एमालेको अभियान कसैको विरोधमा छैन

पहिचानवादीलाई ओलीले भने : एमालेको अभियान कसैको विरोधमा छैन

तस्बिर : अनिश


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको पहिलो सभालाई ओखलढुंगाको हर्कपुरमा सम्बोधन गरेका छन्।

बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग समृद्धि अभियान मंगलबार कोशी प्रदेशमा प्रवेश गरेको छ। सिन्धुलीको खुर्कोटबाट एमालेको अभियान कोशी पुगेसँगै पहिचानवादीको विरोध झेल्नुपर्ने चुनौती आएको छ।

यस्तोमा ओलीले पहिचानवादीहरूलाई लक्षित गर्दै आफूहरू कसैको विरोधमा नरहेको उल्लेख गरे।

‘हामी कसैको विरोधमा छैनौँ, हामीले कसैको चित्त दुखाउनु पनि छैन’, उनले भने, ‘हामीले यो कठिन यात्रा २ हजार किलोमिटर हिँडिसकेका छौँ। हाम्रो उद्धेश्य देश जाग्नुपर्यो, जनता जाग्नु पर्यो भन्ने हो। यो कसैका विरुद्ध होइन।’
भिडिओ

 

ओलीले यो अभियान देश र जनता तथा विकासका पक्षमा भएकाले यसलाई लिएर कसैले चित्त दुखाउनु आवश्यक नभएको पनि बताए।

कोशीमा एमाले टोली छिरेलगत्तै पहिचानवादीहरू बन्दसहितका कार्यक्रम गरेर अवरोध प्रयास गरिरहेका छन्। बन्द गर्दै हिँड्ने पहिचानवादीमाथि प्रहरीले धरपकड पनि जारी राखेको छ।

उनले मिसन ०८४ यस देशका लागि आवश्यक रहेको बताए। ‘मिसन ०८४ एमालेलाई होइन, देशलाई चाहिएको हो। सवल राष्ट्रिय शक्तिका लागि एकल बहुमत हुनुपर्छ। बहुमतबिना देशले समृद्धि हासिल गर्न सक्दैन’, उनले भने, ‘अफ्ठ्यारोमा परेको देशलाई हामी सजिलोमा निकाल्छौँ। सबैजनाले एकतावद्ध भएर राष्ट्र निर्माणमा लागौँ।’

ओलीले पहिचानवादीहरूलाई भावनामा नबग्न पनि अपिल गरे। ‘अनावश्यक भावनामा कोही बग्नु हुँदैन। जनताबीचमा फाटो ल्याउनु हुँदैन’, उनले भने, ‘राजनीतिक विचारमा मतभेद हुन सक्छ। तर ती मतभेदको समाधान वैधानिक प्रक्रियाबाट गरौँ, शान्तिपूर्ण रुपमा गरौँ, आवेश र उत्तेजनाबाट होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .