सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेयलाई कार्यवहाक महासचिवको जिम्मेवारी तोकेपछि तत्कालीन महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २४ गतेदेखि लागु हुने गरी गौतमको राजीनामा स्वीकृत गरेको जानकारी शीतल निवासले बुधबार दिएको छ।
बुधबार मात्रै सभामुख घिमिरेले प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेको भन्दै पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए।
पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी पाइसेकपछि गौतमले चार दिनअघि दिएको राजीनामा बुधबार स्वीकृत भएको हो।
42
Shares
प्रतिक्रिया