ad ad

राजनीति


पहिचानका लागि थारू समुदाय एक हुने बेला भइसक्यो : भगवती चौधरी

पहिचानका लागि थारू समुदाय एक हुने बेला भइसक्यो : भगवती चौधरी

नेपालखबर
पुस १, २०८० आइतबार १३:२४, काठमाडौँ

नेकपा (एमाले) की नेतृ सांसद भगबती चाैधरीले थारू समुदायकाे बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छन्।

थारु कल्याणकारी सभाले समस्त थारू समुदायकाे वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चाैधरीले पुरानाे संस्था भए पनि कमजाेर रहेकाेमा चिन्ता जनाइन्। 

सुनसरीकाे गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीकाे ९ औँ जिल्ला अधिवेशनमा बाेल्दै चाैधरीले थारू कल्याणकारी संस्था स्थापना भएकाे ७५ वर्ष भइसक्दा पनि समयअनुसार चल्न नसकेकाे बताइन्।

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र याेग्य नेतृत्व पहिचान गरी अगाडी बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिँदै सांसद चाैधरीले राजनीतिमा पनि थारूहरूकाे उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन्।

नेपाली काङ्ग्रेस, नेकपा एमाले जस्ता राजनीतिक दलहरूसँगै स्थापना भएकाे संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चाैधरीले राज्य सत्तामा थारू समुदायकाे उपस्थिति बढाउन सकेमात्र थारू समुदायकाे हक अधिकार सुनिश्चित हुने उल्लेख गरिन्।

थारूहरूकाे छुट्टै अधिकार सुनिश्चित गरेकाे जनाउँदै उनले थारूहरूकाे विकास, उत्थानका लागि थारू आयाेग, लाेक सेवा आयाेग जस्ता स्थानमा थारूहरूकाे सहभागिता सुनिश्चित गरे थारू जातिहरूकाे सहभागिता र उपस्थिति कमजाेर रहेकाे बताइन्।

थारू समुदायभित्रकाे गुटबन्दी र राजनीतिले कसैकाे हित नगर्ने चाैधरीले बताइन्। ‘अहिले म देख्छु यो विशुद्ध संस्थामा राजनीतिकरण भएको छ। सक्छौं भने हे थारु अगुवा आऊ खुलेर राजनीति गरौं सक्दैनौ भने यो संस्थालाई दाग लाग्ने नबनाऊँ, विशुद्ध पहिचान, संस्कार, संस्कृतिकाे विकासमा लागाैं’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .