ad ad

राजनीति


सिंहदरबारमा सय वर्षअघिको नेपाल-बेलायत शान्ति तथा मैत्री सन्धिको सम्झना

सिंहदरबारमा सय वर्षअघिको नेपाल-बेलायत शान्ति तथा मैत्री सन्धिको सम्झना

नेपालखबर
पुस ५, २०८० बिहिबार १८:२१, काठमाडौँ

सिंहदरबारमा सय वर्षअघि आजकै दिन नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिको सम्झना गरिएको छ। 

सो सन्धि सय वर्ष पुगेको अवसरमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा बेलायती बैठकमा सन्धिको स्मरण गरिएको हो। 

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रब फेनको पनि उपस्थिति थियो।

परराष्ट्रमन्त्री साउदले सो सन्धिको महत्वबारे प्रकाश पारेका थिए।

२१ अक्टोबर १९२३ मा दुई मुलुकबीच यो सन्धि भएको थियो। जसमा श्री ३ चन्द्र शमशेर र बेलायती राजदूत ओकनरले हस्ताक्षर गरेका थिए।

यो नेपाल र बेलायतबीच भएका तीन सबैभन्दा महत्वपूर्ण सन्धिमध्ये एक थियो। सो सन्धिमा गरिएका कतिपय प्रावधान आज पनि विद्यमान छन्। 

यो पनि :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .