ad ad

राजनीति


बालकुमारी घटनाविरुद्ध कीर्तिपुरमा विवेकशील साझाको सभा

बालकुमारी घटनाविरुद्ध कीर्तिपुरमा विवेकशील साझाको सभा

नेपालखबर
पुस १५, २०८० आइतबार ८:१७, काठमाडौँ

ललितपुरको बालकुमारीमा प्रहरीको लाठी र गोली प्रहारबाट दुई युवक मारिएको विरोधमा विवेकशील साझा पार्टीले शनिबार कीर्तिपुरमा विरोधसभा सम्पन्न गरेको छ। 

कोरियन भाषा परीक्षा दिन पाऊँ भनी शुक्रबार युवाहरूले बालकुमारीमा गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। 

सो घटनाको विरोधमा विवेकशील साझाले शनिबार कीर्तिपुरमा विरोधसभाका साथै मृतकप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम गरेको हो। 

‘हत्या–हिंसा सामधान होइन’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका विवेकशील साझाका युवाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मैनबत्ती बालेका थिए।

घटनापछि त्यस दिन फिल्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल र भौतिक मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरिएको छ। यसैगरी ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई पनि निलम्बन गरिएको छ।

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तानिएको छ भने ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई हेडक्वाटर तानिएको छ।    

सरकारले घटनामा मारिएकाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।  

यो पनिप्रहरीको आन्तरिक प्रतिवेदनः बालाजु काण्ड दोहोरिन नदिन बालकुमारीमा बल प्रयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .