ad ad

राजनीति


एमाले उपमहासचिव गुरुङ भन्छन् : कार्यनीति एउटै भएपछि अलग-अलग कम्युनिस्ट पार्टीको काम छैन

एमाले उपमहासचिव गुरुङ भन्छन् : कार्यनीति एउटै भएपछि अलग-अलग कम्युनिस्ट पार्टीको काम छैन

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १९:८, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट पार्टीबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा 'आजको वामपन्थ' विषयमा भएको छलफलमा बोल्दै उपमहासचिव गुरुङले सकेसम्म कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने बताए।

यदि त्यसो नभए कार्यगत एकता गरेर अघि बढ्नुपर्ने उनको तर्क छ। समाजवादको लक्ष्यमा पुग्न कम्युनिस्ट पार्टीबीचको एकता जरुरी रहेको गुरुङले बताए।

गुरुङले नेपालका कम्युनिस्ट पार्टीबीच अब नीतिगत विषयमा कुनै विवाद नरहेको बताए। सबै कम्युनिस्टहरु निर्वाचनको माध्यमबाट सरकारमा पुग्ने बाटोमा आएकाले नीतिगत मतभेद सकिएको गुरुङको भनाइ छ। 

‘अबको कार्यनीति सबैको चुनावमा लड्ने, बहुमत प्राप्त गर्ने, सरकार चलाउने जनताको सेवा गर्ने या क्रान्तिको सेवा गर्ने, अब सबैको लक्ष्य समाजवाद प्राप्त गर्ने, अनि फरक केमा छ?’, उनले प्रश्न गरे।

नीतिगत विषयमा मतभेद नभएपछि पार्टीको नाम अलग–अलग राखेर अलग–अलग नेता बनाउनुको कुनै अर्थ नहुने उनले प्रष्ट पारे। 

‘सकिन्छ भने एकताबद्ध कम्युनिस्ट पार्टी चाहियो, त्यो नसकिए संयुक्त मोर्चा गर्नुपर्‍यो, संयुक्त मोर्चा पनि भएन भने कमसेकम कार्यगत एकता त गर्न सकिन्छ’, गुरुङले भने।

हिजो नीतिगत रूपमा नै विभाजित भएको कारण सहकार्य र एकतामा समस्या भए पनि आज त्यो समस्या नरहेको उनले प्रष्ट पारे। 

हिजो कम्युनिस्ट पार्टीमा धेरै मतभेद हुँदा पनि संयुक्त बाममोर्चा बनाएर आन्दोलनमा गएको उनले स्मरण गराए। 

हिंसात्मक बाटो लिएका कम्युनिस्टहरू त्यो बाटो छाडेर शान्तिपूर्ण निर्वाचन प्रणालीमा आएकाले अब एकता र सहकार्य सहज भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .