ad ad

राजनीति


आन्दोलनबाट व्यवस्था फेर्छौँ, हिन्दुराष्ट्र र राजसंस्था फर्किन्छ : कमल थापा

आन्दोलनबाट व्यवस्था फेर्छौँ, हिन्दुराष्ट्र र राजसंस्था फर्किन्छ : कमल थापा

नेपालखबर
पुस २०, २०८० शुक्रबार १६:३०, सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। 

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्नेसमेत दाबी गरे। 

अहिलेको ब्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको, मनपरीतन्त्र र कुशासन हावी भएको भन्दै थापाले आन्दोलनको वातावरण बनाउन कार्यकर्तालाई आग्रह गरे। 

पार्टीको कर्णाली क्षेत्रस्तरीय  प्रशिक्षण सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिबीच एकता र मोर्चा निर्माण गरि आन्दोल गर्नुपर्नेमा जोड दिए। 

राप्रपा सत्ताकेन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै दोहोरो नीति त्यागी आन्दोलनको बाटोबाट मात्रै अघि बढ्नसमेत सुझाव दिए। 

आन्दोलनको विकल्प नभएको भन्दै थापाले बृहत् मोर्चा निर्माण गरि जान आफूले भूमिका खेलिरहेको समेत बताए। 
कार्यक्रममा उपाध्यक्ष गोविन्दविक्रम शाह, ईश्वर श्रेष्ठ, धनबहादुर थापा, सूर्य शाही र जीवन चन्द लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .