आज (शनिबार) बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (ललितपुर) मा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ‘विशेष कारणवश’ भोलि पुस २२ गते दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आइतबार बस्ने बैठकमा उनले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध पनि गरेका छन्।
36
Shares
प्रतिक्रिया