द्वन्द्वपीडितलाई न्याय र स्वास्थ्य तथा शिक्षामा समान पहुँचलगायतका माग राख्दै शनिबार माइतीघरमा आन्दोलन गर्न पुगेका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डा. केसीसहित ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गत मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
तर, डा. केसीसहितका प्रदर्शनकारी त्यहाँ प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
69
Shares
प्रतिक्रिया