ad ad

राजनीति


राष्ट्रियसभा : एमालेलाई सहभागी नगराई चुनाव लड्ने गठबन्धनको निर्णय

राष्ट्रियसभा : एमालेलाई सहभागी नगराई चुनाव लड्ने गठबन्धनको निर्णय

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८० शनिबार १५:१२, काठमाडौँ

सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहभागी नगराउने भएको छ। 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

‘गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ। सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ। सरकारमा सहभागी दलहरुको गठबन्धनले चुनाव लड्छ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने। 

उनले सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने प्रयास भएको भए पनि अब त्यो सम्भव नभएको बताए। 

‘सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो। तर सम्भव भएन’, उनले भने।

साथै, उनले शनिबार दिउँसो ४ बजे पुनः गठबन्धनको बैठक बस्ने र आवश्यक निर्णय लिने पनि बताए। 

‘आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .