ad ad

राजनीति


सिट संख्यामा कुरा नमिलेपछि बालुवाटार बैठकबाट निस्कियो एकीकृत समाजवादी

सिट संख्यामा कुरा नमिलेपछि बालुवाटार बैठकबाट निस्कियो एकीकृत समाजवादी

नेपालखबर
पुस २१, २०८० शनिबार २३:३४, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार तय गर्न बसेको सत्ता गठबन्धनका दलहरूबीचको छलफलबाट नेकपा एकीकृत समाजवादी निस्किएको छ।

सिट संख्यामा कुरा नमिलेपछि समाजवादीका नेताहरू बालुवाटार बैठकबाट निस्किएका हुन्। 

शनिबार दिउँसोबाटै सिट संख्यामा सहमति जुटाउन नेताहरू छलफलमा थिए। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पान्डेले सिट सख्यामा सहमति नजुटेपछि आफूहरु बाहिरिएको बताए।

‘सिट संख्यामा कुरा मिलेन’, उनले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘अहिले हामी निस्कियौँ।’

यसअघि सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रस्ताव अघि सारेका थिए। 

तर, सो प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएका थिए। 
एमालेसँगको ‘च्याप्टर क्लोज’ भएपछि गठबन्धनका दलहरूले आ–आफ्नो दाबी अघि सारेका थिए। 

तिनै दाबीमाथि शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ५ घण्टा बढी छलफल भएको थियो। राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .