ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन : मतदाताहरूको अन्तिम नामावली प्रकाशित

राष्ट्रिय सभा निर्वाचन : मतदाताहरूको अन्तिम नामावली प्रकाशित

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १९:४८, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।

निर्वाचन कार्यक्रमअनुसार आयोगले आइतबार अन्तिम मतदाता प्रकाशन गरेको हो। 

निर्वाचनका लागि आयोगले पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ।

कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ।

तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ।

उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ।

आयोगका अनुसार मतदाताको नामावली प्रकाशित तथा दाबी विरोधलगायतका काम पूरा भई अन्तिम नामावली प्रकाशन गरिएको हो। 

उम्मेदवारीमाथि पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ।

पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराइने छ।

यस निर्वाचनमा मतदानका लागि मुलुकका सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र तोकिएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक २ वर्षमा सकिन्छ। अरुको कार्यकाल ६ वर्ष हुन्छ।

अघिल्ला वर्ष जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .