राष्ट्रिय स्वतन्त्र पार्टीले सदस्यता शुल्क स्वेच्छिक गरेको छ।
यसअघि एक हजार रुपैयाँ शुल्क तोकेको रास्वपाले अब सदस्यता शुल्क स्वेच्छिक बनाएको हो।
पार्टी सचिवालयको मंगलबार बसेको बैठलले यस्तो निर्णय गरेको हो।
सक्नेले एक हजार रुपैयाँमा बढाएर र नसक्नेले त्यो भन्दा कम रकम तिरेर सदस्यता लिन पाउने व्यवस्था गरेको रास्वपाले जनाएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त प्रतिक्रिया, सुझावहरुलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क रु. एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन ईच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी गर्नुपर्ने भन्ने सुझावलाई मनन गरी सदस्यता शुल्क एक हजार रुपैयाँ वा त्यसमा थपेर वा घटाएर स्वेच्छिक सदस्यता शुल्क तिरेर पनि सदस्यता लिन सक्ने व्यवस्था गरियो।’
यस्तै, पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरुले पार्टीमा बुझाउनु पर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरेको पनि रास्वपाले जनाएको छ।
यसैगरी सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन कार्यदल र उर्जा नीति कार्यदलको म्याद ३ महिना थप गरेको छ।
पार्टी केन्द्रीय निर्वाचन आयोगको सचिवमा भूमिनन्द बराल र सदस्यमा प्राडा अतिन्द्र दाहाल, डा. राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको रास्वपाले जनाएको छ।
Shares
प्रतिक्रिया