ad ad

राजनीति


प्रधानमन्त्रीसहितलाई मञ्चमा राखेर लिङ्देनले भने : राजा फर्काउन अब निर्णायक आन्दोलन गर्छौँ

ठूला दललाई कोर्स करेक्सनका लागि बाध्य पार्ने दाबी
प्रधानमन्त्रीसहितलाई मञ्चमा राखेर लिङ्देनले भने : राजा फर्काउन अब निर्णायक आन्दोलन गर्छौँ

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्तिम पटक राजसंस्था फर्काउन आन्दोलन थाल्ने घोषणा गरेका छन्।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यसो भनेका हुन्।

अध्यक्ष लिङ्देनले प्रमुख चार दलका शीर्ष नेताहरूलाई मञ्चमा राखेर कोर्स करेक्सनका लागि बाध्य पार्ने दाबी गरेका छन्।

‘यो असामान्य स्थितिमा ठूला दलहरूले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपर्छ’, उनले भने, ‘तर दलहरु एकपछि अर्को देश हितविपरीतका काममा लागे। अब राप्रपाले जनदबाव बढाउन नेतृत्व गर्नु परेको छ। मलाई विश्वास छ, हामीले दलहरूलाई कोर्स करेक्सन गर्न बाध्य बनाउँछौँ।’

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनेकोमा उनले आपत्ति जनाए।

‘हामीले पछाडि फर्किने कुरा गरेका होइनौँ, पुरानो व्यवस्थामा जाने भनेको होइन’, उनले भने, ‘यही व्यवस्थाले पनि देश नधान्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्‍यो, नयाँ व्यवस्थामा जानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .