ad ad

कला


कहिले रिलिज हुँदैछ माइकल ज्याकसनको बायोपिक फिल्म?

कहिले रिलिज हुँदैछ माइकल ज्याकसनको बायोपिक फिल्म?

नेपालखबर
पुस २७, २०८० शुक्रबार १७:१०, काठमाडौँ

पप गायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ को प्रदर्शन मिति तय भएको छ। हलिउड स्टुडियो लायन्सगेटको यो फिल्म १८ अप्रिल सन् २०२५ मा रिलिज हुने डेडलाइनमा उल्लेख छ।

एन्टोइन फुक्वाले निर्देशित फिल्ममा ‘स्काइफल’ लेखक जोज लोगानको कथा रहेको छ। गायनसँगै आफ्ना डान्स स्टेपका कारण चर्चित माइकलको भूमिकामा पर्दामा जाफर ज्याकसन देखिनेछन्। माइकलका भतिजा जाफरको यो डेब्यु फिल्म होर  

ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन। जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन्।

यो फिल्म लामो समयदेखि किंग र लोगानको लागि ड्रिम प्रोजेक्ट हो। फिल्मबाट दर्शकलाई थाहा नपाएका ग्रामी विजेता पप किंङको जीवनका सबै पक्षहरूलाई समेटिनेछ।

सन् २००९ मा माइकलको ५० वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .