डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लगायत नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल र वासु भट्ट लगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिवसबाबु खड्का लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।
उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा अबिर र खादा लगाएर स्वागत गरेका छन्।
प्रतिक्रिया