ad ad

समाज


जनकपुरमा गाउँपालिका अध्यक्षमाथि आक्रमण

जनकपुरमा गाउँपालिका अध्यक्षमाथि आक्रमण

नेपालखबर
माघ ५, २०८० शुक्रबार २०:१७, काठमाडौँ

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ।

जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समूहले यादवमाथि आक्रमण गरेको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ।

आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न मुखियापट्टी मुसहरनिया गाउँपालिका, जसपा धनुषा जिल्ला समिति लगायतले माग गरेका छन्।

जसपाले विज्ञप्ति निकाली दोषीमाथि २४ घण्टाभित्र कारबाही नभए स्थानीय प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .