ad ad

राजनीति


एमाले कर्णालीको उपसचिवबारे ओलीले भने– समस्या छैन, महिला हुने थाहा भएकै कुरा हो

एमाले कर्णालीको उपसचिवबारे ओलीले भने– समस्या छैन, महिला हुने थाहा भएकै कुरा हो

नेपालखबर
माघ ६, २०८० शनिबार १८:४०, सुर्खेत

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्णाली प्रदेश कमिटी उपसचिवको विषयमा कुनै विवाद नभएको दाबी गरेका छन्। ओलीले प्रदेश कमिटीको उपसचिवमा एक जना महिला हुनुपर्ने विषयमा आएको विवाद समाधान भएको दाबी गरेका हुन्। 

एमाले अध्यक्ष ओलीले एमाले कर्णाली प्रदेश कमिटीको एक जना महिला पनि हुनुपर्ने बताए। ओलीले भने, ‘त्यस्तो कुनै विवाद छैन्। हामीले समस्याको समाधान गरेका छौँ। पाँच जनामा एउटा महिला राख्नुपर्ने हामीले अगाडीबाटै सबै ठाउँमा गर्दै आएको कुरा हो।’

यस्तै, अध्यक्ष ओलीले अन्य ठाउँमा पाच जना पदाधिकारीमा एक जना महिला हुनुपर्ने कन्फिउजन भएका ठाउँमा समाधान गरिसकेको दाबी गरे। 

ओलीले भने, ‘पाँच जना मध्ये एक जना महिला हुनै पर्छ भन्ने थाहा भएकै कुरा हो। थाहा नभएको छ भने थाहा गराउनुपर्छ। तर, पाँच मध्ये एक महिला हुनुपर्छ भन्ने हिसाबले त्यसको समाधान गरिसकेका छौँ। अब त्यसमा कुनै समस्या छैन्।’

यस्तै, ओलीले निर्वाचनको समयमा कोटमा सर्वाधिक मत प्राप्त गरेर विजयी भएको मान्छे आफ्नो कोटामा स्वत जाने कुरालाई कसैले रोक्न नसक्ने प्रस्ट पारे।

गत असोज १० गतेदेखि १५ गतेसम्म भएको प्रदेश अधिवेशनबाट एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व निर्वाचित भएको थियो। 

अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक जना र उपसचिव दुई जना गरि पाँच जनै पुरुष निर्वाचित भएका थिए। 

दुई वटा कोटा रहेको उपसचिवमा उम्मेदवारी दिएका ९ जना मध्ये दैलेखका रविन्द्रराज शर्मा र कालीकोटका रमेशकुमार शाही निर्वाचित भएको प्रदेश निर्वाचन कमिटीले घोषणा गरेको थियो।

उपसचिवका ९ जना उम्मेदवार मध्ये दुई जना महिला पनि उम्मेदवार बनेका थिए। महिला मध्ये  सुर्खेतकी पद्मा खड्काले धेरै मत प्राप्त गरेकी थिइन्। 

सबै भन्दा धेरै मत प्राप्त गरेका रविन्द्रराज शर्मा उपसचिवमा पक्का भएका छन् भने अर्को उपसचिवका लागि रमेशकुमार शाही कि पद्मा खड्का भन्ने विषयमा पार्टीभित्रै आन्तरिक विवाद चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .