ad ad

राजनीति


एनआरएनए आईसीसीका २१ सदस्यले खाए शपथ

एनआरएनए आईसीसीका २१ सदस्यले खाए शपथ

नेपालखबर
माघ ७, २०८० आइतबार १३:९, काठमाडौँ

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा मनोनीत २१ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ खाएका छन्। 

चन्द्रागिरिमा ३ दिन चलेको अन्तर्राष्ट्रिय समन्वष परिषद्‌को बैठकमा  गत डिसेम्बरमा  मनोनीत २१ जना केन्द्रीय समिति सदस्यले आइतबार शपथ खाएका हुन्।

जसमध्ये चिरन शर्मा (यूके), पूर्ण घिमिरे (अस्ट्रेलिया), रामप्रसाद घिमिरे (अस्ट्रेलिया), अर्जुनकुमार गुरुङ (बेल्जियम), डा. मुकुन्द बास्तोला (यूके) हेमन्तराज काफ्ले (अस्ट्रेलिया) र  सरस्वती केसी (यूके) ले भौतिक रूपमै उपस्थित भएर शपथ खाएका हुन् भने  शान्ति अर्याल, रविन बज्राचार्य, डा. सञ्जु पैडेल, ज्योति शर्मा, मनिता ढुंगाना, बाबुराम भण्डारी, बिनेश तामाङ, स्मार्ट थापा र  ईश्वरी भण्डारीले भने भर्चुअल माध्यमबाट शपथ खाएका हुन्। 

केन्द्रीय समिति सदस्यलाई  संघका अध्यक्ष डा. बद्री केसीले शपथ खुवाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .