राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नाममा चेक काटिए पनि खातामा कुनै रकम जम्मा भएको जिकिर गरेका छन्।
सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचारबारे पत्रकारहरूले सोमबार प्रश्न गरेपछि जवाफका क्रममा उनले यस्तो भनेका हुन्।
‘मेरो नाममा चेक काटिएको रहेछ, आएको रहेछ तर रकम जम्मा भएको भनेर घण्टी बजेन’, उनले भने, ‘पैसा आएन। एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन। आएको छैन। चेक काटिएको हो तर घण्टी बजेन।’
उनले आफूमाथि नियोजित रुपमा निरन्तर प्रहार भएको जवाफ दिए। ‘ममाथि निरन्तर रुपमा प्रहार भइरहँदा, चरित्र हत्या गरिरहँदा मजा लागेन। म बचतकर्ता पनि होइन, रकम लिन पनि गएको छैन। कसैले मेरो नाम राखेर सम्झनाका लागि राखेको हुन सक्छ।’
उनले आफ्नो हकमा सञ्चारमाध्यमले नै गल्ती गरेको बताउँदै क्षमायाचना गर्न सकिने पनि तर्क गरे।
Shares
प्रतिक्रिया