ad ad

राजनीति


प्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

प्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १४:४९, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री, अर्थमन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्। 

उनले सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने कार्ययोजना छ।

सभामुखको सचिवालयका अनुसार आजै दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छलफल हुनेछ। 

सभामुख घिमिरले शुक्रबार अपरान्ह ४ बजे संसद्मा रहेका दलका प्रमुख सचेतक र सतेकहरूसँग छलफल गर्दै छन्। 

माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन्।

संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन आगामी सोमबारका लागि बोलाइएको छ। संसद् बैठक बस्नुअघि सभामुखले छलफल अघि बढाएका हुन्। 

संसद्को यो अधिवेशनमा सरकारले धेरैभन्दा धेरै बिजनेस दिनेगरी विधेयकहरूको तयारी अघि बढाएको छ। संसद्मा प्रस्तुत हुने विधेयकबारे सभामुखले छलफल थालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .