ad ad

कारोबार


हुन्डाइ एक्सटरको बुकिङ खुल्ला, मूल्य कति?

हुन्डाइ एक्सटरको बुकिङ खुल्ला, मूल्य कति?

नेपालखबर
माघ १९, २०८० शुक्रबार १४:५४, काठमाडौँ

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित ‘एक्सयूभी एक्स्टर’को बूकिङ खुल्ला गरेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो।

कमपनीका अनुसार हुन्डाइ एक्स्टर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुन्डाइ भेन्यु भन्दा अघि रहने छ। आकर्षक बनोट र विभिन्न फिचरले एक्स्टरलाई एक विशेष एुयूभी बनाएको छ।  

गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर’को विजेता समेत बनेको छ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो। हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ। यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफ्टी, कन्भिनेन्ट र कन्फर्टका फिचरलाई विशेष ध्यान दिएर बनाइएको छ।

यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जस्ले गर्दा नेपालका विभिन्न बाटोहरूमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल (एचएसी) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट  (भीएसएम) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने एक्स्टरमा नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ। जसको मूल्य क्रमशः रु. ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ भन्दा धेरै चार्जिङ पोइन्टहरू मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .