ad ad

राजनीति


माओवादी स्थायी समिति बैठक जारी, केन्द्रीय समितिको एजेन्डा तय गर्ने

माओवादी स्थायी समिति बैठक जारी, केन्द्रीय समितिको एजेन्डा तय गर्ने

नेपालखबर
माघ २६, २०८० शुक्रबार १५:५१, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसिरहेको छ।

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी रहेको हो।

शुक्रबार अपरान्हदेखि जारी बैठकमा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको विषयमा छलफल भइरहेको  नेताहरूले बताएका छन्।

साथै, केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गर्ने छ। यसबाहेक सरकार, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भइरहेको नेताहरूको भनाई छ।

माओवादी केन्द्रीय समिति बैठक आइतबार र सोमबार बस्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .