ad ad

राजनीति


०८४ मा एकल बहुमतको सरकार बनाउने गरी तयारी थाल्न एमाले महासचिवको निर्देशन

०८४ मा एकल बहुमतको सरकार बनाउने गरी तयारी थाल्न एमाले महासचिवको निर्देशन

नेपालखबर
माघ २७, २०८० शनिबार १८:४०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०८४ को निर्वाचनमा एकल बहुमतका आधारमा सरकार बनाउनेगरी तयारी थाल्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। 

एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आजैबाट तयारी थाल्न निर्देशन दिएका हुन्।

अहिलेको सरकारले देशमा नकारात्मक काम गरिरहेको आरोप लगाउँदै उनले गठबन्धन सरकारले देशमा नेपाली जनताले गर्व गर्ने खालको कुनै पनि काम नगरेको बताए।

उनले भने, ‘हामीले पूर्वपश्चिम राजमार्ग रणनीतिक राजमार्ग निर्माण गर्यौं, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायतका काम एमालेलेको सरकारले गरेको हो।’

उनले थपे, ‘दैलेखको समृद्धिका विकासका लागि मध्यपहाडी राजमार्गले दिनेछ। समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडी जिल्लाहरूमा आर्थिक उन्नति बढेको छ।’

यस्तै, १८ घण्टा लोडसेडिङ मुक्त गरेर विद्युत निर्यात गर्न सफल एमालेको सरकार भएको दाबी गरे।

साथै उनले ७७ जिल्लामध्ये ४४ जिल्ला, ६ वटा प्रदेशमा एमाले पार्टी पहिलो पार्टीका रूपमा स्थापित भएको बताए। 

उनले भने, ‘एमाले पार्टी सर्वाधिक मत र जनाताको विश्वास भएको पार्टी हो। तर, आमजनताप्रति गुनासो किन बढेको छ? निराशा किन बढेको छ? लोकतन्त्रलाई आज जनताले स्विकार गर्न नसकेको स्थिति सृजना भएको छ।’ 

यस्तै, एमाले सचिव तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्टले व्यक्तिका मान्छे नभएर पार्टीका कार्याकर्ता भएर अगाडि बढ्न आग्रह गरे। 

उनले भने, ‘वडाबाट छनौट भएर प्रतिनिधिहरूलाई आन्तरिक गडबड नगरीकन अगाडि बढ्न जरुरी रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .