सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको छ।
शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो। यो बैठकमा सहभागी मात्रै करिब ८ सयजना छन्।
बिहान ११ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बैठक बसिरहेको छ। बैठकमा माओवादी केन्द्रका ४ सय नौ केन्द्रीय सदस्यसहित ८ सयजना बढीको उपस्थिति छ। केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन बस्ने छ।
माओवादीको हाल केन्द्रीय समिति संख्या ४ सय ९ छ। वैकल्पिक केन्द्रीय समिति संख्या १ सय ९० छ।
त्यसैगरी केन्द्रीय समिति बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी छन्। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादीले १० प्रदेशको अभ्यास गरिरहेको छ।
यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्।
यी आयोगमा ७५ सदस्य छन्।
सबैलाई समेट्दा झण्डै ८ सयको हाराहारी संख्या बैठकमा सहभागी छन्। बैठकमा विधान सम्मेलनका लागि विधानमाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्दैछन्।
यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक हो।
Shares
प्रतिक्रिया