ad ad

राजनीति


चितवनमा रहेका पूर्वराजाको नारायणीमा ‘डुंगा सयर’ (भिडिओ)

चितवनमा रहेका पूर्वराजाको नारायणीमा ‘डुंगा सयर’ (भिडिओ)

नेपालखबर
फागुन २, २०८० बुधबार २०:३०, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनस्थित नारायणी नदीमा बोटिङ गरेका छन्।

बुधबार उनी पूर्वरानी कोमलसँगै नारायणीमा डुंगा सयर गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आइतबारदेखि चितवन छन्। परिवारका अन्य सदस्यसहित चितवन गएका पूर्वराजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ।

काठमाडौंको जाडो छल्न चितवन पुगेका पूर्वराजा–रानी चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा सयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।

फागुन ७ गते पूर्वरानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारी समेत पूर्वराजा शाहको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .