ad ad

राजनीति


सांसद सोविताको निम्तोमा शालीनदी पुगे विदेशी पाहुना

कार्यवाहक भारतीय राजदूतदेखि सार्कका निर्देशकसम्मको उपस्थिति
सांसद सोविताको निम्तोमा शालीनदी पुगे विदेशी पाहुना

नेपालखबर
फागुन ८, २०८० मंगलबार १६:५४, काठमाडौँ

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ श्रीस्वस्थानी व्रतकथा। सो अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा स्वस्थानी मेला लाग्ने गर्छ।

विगतका वर्षहरू जस्तै यो वर्ष पनि मेला लागिरहेको छ। मेलामा सहभागी हुन देशका विभिन्न ठाउँबाट भक्तजनहरू मात्रै होइन विदेशी पाहुनाहरू पनि शालीनदी पुगिरहेका छन्।

मंगलबार कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तव, कन्सुलर नवीन कुमार, सार्कका निर्देशक भवेश आर त्रिभेदी र उनकी श्रीमतिसहितका पदस्तहरू शालीनदी पुगेका थिए।

त्यस्तै, फ्रान्स दूतावासका दुईजना प्रतिनिधि र रसीयन कल्चरका निर्देशक एन्टोन मास्लोभ पनि शालीनदी पुगेका थिए।

शालीनदी पुगेका उनीहरूले नजिकै रहेको बज्रगोगिनी मन्दिरको पनि दर्शन गरे। उनीहरूले सो क्षेत्रको बारेमा जानकारी लिँदै त्यहाँको धार्मीक महत्त्वको बारे चासो राखेका थिए।

सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद सोविता गौतमको निमन्त्रणामा उनीहरू शालीनदी पुगेका थिए। सांसद गौतमले आफ्नो क्षेत्रको मेलामा पुगेका पाहुनाहरूको स्वागत तथा सत्कार गरेकी थिइन्।

सांसद गौतमले नेपालमा रहेका धार्मिक सांस्कृतिक महत्त्व कुटनीतिक निकायको माध्यमबाट विश्वलाई चिनाउने प्रयासस्वरुप पाहुनाहरू आमन्त्रित गराइएको बताइन्। 

सो अवसरमा रास्वपाका अर्का सांसद गणेश पराजुली पनि सहभागी भएका थिए।

सांसद गौतमकै निमन्त्रणमा गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेल पनि शालीनदी पुगेका थिए। राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु खुसीको विषय रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .