ad ad

राजनीति


गठबन्धन छाड्ने कुरा गगनले गलत समयमा ल्याएको आरोप

गठबन्धन छाड्ने कुरा गगनले गलत समयमा ल्याएको आरोप

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ९, २०८० बुधबार १७:५९, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकमा नेता-कार्यकर्ताले आफ्नो भनाइ राखिरहेका छन्।
करिब २२ सय प्रतिनिधलाई चार समूहमा बाँडिएपछि सुरु भएको छलफलका क्रममा महासमिति सदस्यहरूले आफ्ना भनाइ राखिरहेका छन्।

बुधबार धारणा राख्ने महासमिति सदस्यमध्ये काठमाडौंका दीपेन्द्र श्रेष्ठले महामन्त्री गगनकुमार थापाले गठबन्धनको कुरा गलत समयमा उठाएको आरोप लगाए। 

‘गठबन्धनको कुरा अत्यन्तै असान्दर्भिक समयमा आएको भन्ने मेरो ठहरो हो’, उनले गगनतिर लक्षित गर्दै भने, ‘प्रतिकुल समयमा गठबन्धनको कुरा आएको छ। अहिलेको सन्दर्भमा गठबन्धन छाड्ने या बस्ने कुरा गलत छ।’

श्रेष्ठले महामन्त्री थापा २०७९ को चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई ब्याक गराउन मात्रै व्यस्त भएको आरोप लगाए। 

‘गगन थापा २०७९ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई ब्याक गराउने पक्षमा मात्रै केन्द्रित हुनु हुन्थ्यो’, उनले भने।

श्रेष्ठले सरकारले राम्रो काम र प्रभावकारिता देखाउन सक्नुपर्नेमा पनि जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .