कोसी प्रदेशको नामकरणविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। कोसी नामकरण गरेको एक वर्ष पुगेको दिन बिहीबार राजधानी काठमाडौंमा कालो ब्यानरसहित प्रदर्शन गरिएको हो।
पहिचानवादीहरूले काठमाडौंको तीनकुनेमा ‘नो कोसी’ भन्दै कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्।
तत्कालीन प्रदेश १ को नाम कोसीको साटो पहिचान पनि समेटिने गरी अर्कै राखिनुपर्ने संयुक्त संघर्ष समितिले माग गर्दै आएको छ।
75
Shares
प्रतिक्रिया