ad ad

राजनीति


झन् शक्तिशाली बनेर सरकारमा फर्किए रवि

झन् शक्तिशाली बनेर सरकारमा फर्किए रवि

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १४:३५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन् शक्तिशाली बनेको छ।

गत वर्ष पुस १० मा यिनै दलसहितको गठबन्धनमा तीनवटा मन्त्रालय पाएको रास्वपाले सोमबार बनेको चार दलीय गठबन्धनमा थप एक मन्त्रालय पाएको छ। 

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाले चार मन्त्रालय पाएको बताएका छन्। 

जसमा उपप्रधानसहित गृह, श्रम तथा रोजगार, शिक्षा र खेलकुद मन्त्रालय रास्वपाले पाएको छ।  

सोमबार (२१ गते) नयाँ गठबन्धन बनेको हो। गत वर्ष पुस १० गते एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा लगायत मिलेर गठबन्धन बनेका बेला रास्वपाले तीन मन्त्रालय मात्र पाएको थियो।

रास्वपाले अहिले पाएको नयाँ मन्त्रालय युवा तथा खेलकुद हो। जसमा सांसद विराजभक्त श्रेष्ठले जिम्मेवारी पाएका छन्।

नेताहरूका अनुसार नयाँ गठबन्धनमा रास्वपा निर्णायक बन्दा थप एक मन्त्रालय पाएको हो। प्रतिनिधिसभामा उसका २१ सांसद छन्।

राष्ट्रिय सभा र प्रदेश सभामा सांसद नरहे पनि एमाले–माओवादी गठबन्धन बन्दा रास्वपा निर्णायक देखिएको छ।

त्यहीकारण रास्वपा सभापति रवि लामिछानेले लगातार गृहमा दाबी गरिरहेका थिए। जबकि उनलाई गृह दिन नहुने मत बलियो थियो।

सहकारी ठगी प्रकरणमा जोडिएका जीवी राईसँग नाम जोडिएका रवि नै गृहमन्त्री बन्न नहुने मतविपरीत उनैले प्रचण्ड सरकारमा रास्वपाको नेतृत्व गर्नेछन्।

अघिल्लो पुस ११ गते गृहमन्त्री बनेका रविले नागरिकता प्रकरणका कारण राजीनामा दिनु परेको थियो। तर नागरिकता, सहकारीसहितका विवादबीच रवि झन् शक्तिशाली बनेर सरकारमा फर्किने निश्चित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .