ad ad

राजनीति


प्रधानमन्त्रीले लिखित सहमति नजनाए एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा भोट नदिने

प्रधानमन्त्रीले लिखित सहमति नजनाए एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा भोट नदिने

नेपालखबर
फागुन २८, २०८० सोमबार १५:३८, काठमाडौँ

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।

सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए।

उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए।

उनले भने, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ। तर उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ।’

उनले सरकारले अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए।

उनले भने, ‘सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .