सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।
सोमबार गृहमन्त्रालयमा भएको वार्तापछि सहमति जुटेको हो।
सहमति पत्रमा मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक सहसचिव रुद्रप्रसाद पण्डित, सदस्यहरूउपसचिव विश्वराज न्यौपाने र एकदेव अधिकारीले हस्ताक्षर गरेका छन्।
यस्तै, आन्दोलनकारीका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अवधेश कुशवाह, आदित्य राम, शिवशंकर महतोलगायतको हस्ताक्षर छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।
यस्तो छ सहमति
168
Shares
प्रतिक्रिया