राष्ट्रिय सभा अध्यक्ष पदका लागि बुधबार भइरहेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत मात्रै खसेको छ।
अध्यक्षको निर्वाचनका क्रममा शर्माको पक्ष विपक्षमा भएको मतदानको परिणाम राष्ट्रिय सभाको बैठकमा सार्वजनिक गरिएको हो।
शर्मालाई अध्यक्ष बनाउन गरिएको प्रस्तावबारे भएको मतदानका क्रममा ५६ जना उपस्थित हुँदा १७ जना मात्रै पक्षमा उभिएका हुन्।
यससँगै उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन गरिएको प्रस्ताव राष्ट्रिय सभाको बैठकबाट अस्वीकृत भएको छ।
शर्मालाई नेपाली कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादीका १ जना मात्रै सांसदले मतदान गरेका छन्।
१ सिट रहेको जनमोर्चाले शर्माको पक्षमा मतदान गरे। शर्माको विपक्षमा मतदान गर्ने सांसदको संख्या ३९ रहेको छ।
जम्मा ५९ सदस्य रहेको राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दल हो। एमाले १० र नेकपा एकीकृत समाजवादीका ८ सांसद छन्। यस्तै, जसपाको ३ जना छन्।
गठबन्धनका दाहाललाई माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जनाको समर्थन मिल्ने निश्चित छ।
Shares
प्रतिक्रिया