ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जनमोर्चाले मतदान गरेन

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जनमोर्चाले मतदान गरेन

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १३:३७, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्षको बुधबार भएको निर्वाचनमा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले कसैलाई पनि मत दिएन। 

अध्यक्षमा दुई उम्मेदवारमध्ये सत्ता गठबन्धनका नारायण दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन्।

राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्मा र सत्ता गठबन्धनबाट नारायण दाहालबीच प्रतिस्पर्धा हुँदा जनमोर्चा तटस्थ बस्यो।

दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णय लिएको बुधबार राष्ट्रिय सभामा सम्बोधका क्रममा जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले बताएका थिए।

‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने 'नो भोट'मा अवस्थामा रहने निर्णयमा पुगेका छौँ,’ उनले मतदानअघि भनेका थिए।

१ सिट भएको जनमोर्चा तटस्थ बस्दा अध्यक्षमा निर्वाचित दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खस्यो।

उता कांग्रेसका शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत खस्यो। बुधबारको बैठकमा ५६ जना सदस्यहरू उपस्थित थिए। 

गत फागुन २१ गते नयाँ गठबन्धन बनेपछि जनमोर्चा एक्लिएको थियो। ऊ त्यसअघि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .