प्रतिनिधिसभा बैठकमा बस्न ढिलाइ भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म पनि सुरु हुन सकेको छैन।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेबारे पनि जवाफ दिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेको भन्दै पदमा बस्न उचित नहुने तर्क गर्दै आएको छ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन सम्बन्धी व्यवस्था छ।
सोही नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ।
त्यस्तै, आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि–बजेट छलफल जारी रहने कार्यसूची पनि छ।
Shares
प्रतिक्रिया