नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्न दिनका लागि माओवादीलाई सहयोग थर्न आग्रह गरेका छन्।
बिहीबारदेखि सुर्खेतमा सुरु भएको एमाले नवौं जिल्ला अधिवेशको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो आग्रह गरेका हुन्।
महासचिव पोखरेलले ठूलो दलको हैसियतले नेतृत्वमा दावी गर्ने परम्पराको अन्त्य भइसकेकाले कर्णालीको नेतृत्वका लागि काठमाडौं नधाउन एमाले र माओवादीका नेतालाई आग्रह गरे।
अन्य प्रदेशमा एमाले र माओवादी दुवैले नेतृत्व गरेको सन्दर्भमा कर्णालीमा एमालेको दाबीलाई माओवादीले सहजरुपमा स्वीकार्नुपर्ने उनले बताए।
'कर्णालीका माओवादी साथीहरूले हामीले धेरै पटक नेतृत्व गर्यौँ, अब तपाईंहरुले गर्नुस् भन्न सक्नुपर्छ', उनले भने, 'हामी राष्ट्र निर्माणका लागि अगाडि बढेका छौँ, कर्णाली सरकारका लागि कोही पनि केन्द्रमा धाउन पर्दैन।'
यस्तै, महासचिव पोखरेलले सत्ता गठबन्धनले हालै न्यूनतम् नीतिगत प्राथमिकता र साझा संङ्कल्प सार्वजनिक गरेको बताए।
मधेस प्रदेशबाट एमाले सरकारमा समावेश हुने प्रक्रिया सुरु गरेकाले कर्णालीको विषय पनि टुंगो लाग्ने चरणमा रहेको पोखरेलले दाबी गरे।
Shares
प्रतिक्रिया