प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा शुक्रबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो।
भेटपछि एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको बताए।
‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुरा भयो,’ उनले भेटपछि सञ्चारकर्मीसँग भने।
शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउने निर्णय गरेको थियो।
सो बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो।
345
Shares
प्रतिक्रिया