ad ad

राजनीति


मिसन–०८४ सफल बनाउन सत्ता समीकरण बनाएका हौँ : शंकर पोखरेल

मिसन–०८४ सफल बनाउन सत्ता समीकरण बनाएका हौँ : शंकर पोखरेल

नेपालखबर
चैत १०, २०८० शनिबार १८:४९, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नुपरेको बताएका छन्। 

महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने अडानसमेत राखे। 

शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा सुरु गरिएको स्पष्ट पारे। 

‘हामीले त भनिरहेका छौं–यो सहकार्यले मिसन २०८४ लाई बलियो बनाउँदछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नया सहकार्यको यात्रा आरम्भ गरेका छौं’, उनले भने। 

एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए। मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

‘हाम्रा विरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो। चक्रब्युहलाई तोड्न आवश्यक थियो। हामीले हाम्रा विरुद्धको घेराबन्दीलाई, हाम्रा बिरुद्धको चक्रब्युहलाई तोडेर हामी बाहिर आएका छौँ। सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौँ। जसका  आधारमा हामी मिसन २०८४ लाई सफल पार्न चाहन्छौँ,’ उनले भने।

अहिलेको संसदभित्र एमालेले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव नभएको पनि उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .