नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठक सुरु हुनु अघि पार्टी सचिव लेखराज भट्टको जन्मदिन पनि मनाइएको छ।
भट्टको जन्मदिनसमेत परेपछि बैठकको सुरुमा सचिव भट्टलाई अध्यक्ष ओलीले खादा र माला लगाएर शुभकामना दिए।
बैठकमा होलीका लागि विभिन्न रङ पनि राखिएको थियो। नेताहरूले एक अर्कालाई रङ लगाएर बैठक अघि होली खेलेका छन्।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीका बारेमा पनि आजको बैठक छलफल हुनेछ।
69
Shares
प्रतिक्रिया