नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताएका छन्।
इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लैख्दै ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको बताएका हुन्।
ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिएका छन्।
‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु’ ओलीले लेखेका छन्।
आइतबार (चैत्र ११ गते) बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो।
उनी एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङका कान्छा छोरा हुन्।
सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा एमालेले सुहाङलाई उठाउने निर्णय गरेको छ।
सुहाङ अधिवक्ता पनि हुन्। बुवाकै प्रेरणाले वकालती पेसा अपनाएका उनी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा बुवाकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन्।
यसअघि फुटबल क्लब र आफ्नै ल फर्म चलाइसकेका सुहाङ बुवा सुवास नेम्बाङको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राख्न पुगेका छन्।
सम्बन्धित समाचार
- सुहाङसहित आकांक्षी सबैको नाम सिफारिस, उम्मेदवार टुंग्याउने जिम्मा केन्द्रलाई
- इलाम उपनिर्वाचन : सुहाङसहित एमालेका ५ नेताले दिए पार्टीमा निवेदन
- सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास
- इलामको उपनिर्वाचन : यी हुन् उम्मेदवारका दाबेदार, सुहाङले पाउलान् टिकट?
- बुवालाई सम्झिँदै सुहाङले भने : राजनीतिक परिवारमा हुर्किँदैमा आफैंले अवसर पाउनुपर्छ भन्दिनँ (भिडिओ)
- सुवास नेम्वाङ पुत्र सुहाङले किने फुटबल क्लब, भन्छन् : आक्रामक रुपमा अघि बढ्छौँ
- सुवास नेम्वाङ फुटबल टोलीको कप्तान थिए, छोरा सुहाङले क्लब नै किनेर थाले व्यवसाय
- बुवा भन्नुहुन्थ्यो– तिमीलाई राजनीतिमा ल्याउँछन्, म इलामबाट उठ्दा श्रद्धाञ्जली नै हुन्छ : सुहाङ नेम्बाङ (अन्तर्वार्ता)
- एमालेले दियो इलाम २ को टिकट सुहाङ नेम्वाङलाई
Shares
प्रतिक्रिया